पठनपाठन अवरुद्ध नगर्न शिक्षकहरूलाई निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पठनपाठन अवरुद्ध नगर्न शिक्षकहरूलाई निर्देशन


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । पोखरा महानगरपालिकाले विद्यालयमा नियमित पठनपाठन गर्न निर्देशन दिएको छ ।

शिक्षकहरू शिक्षा विधेयकको विरोधमा आन्दोलनमा जाँदा पठनपाठन अवरुद्ध भएपछि महानगरले सिकाइका क्रियाकलाप पूर्ववत्‌रूपमा नियमित सञ्चालन गर्न शिक्षकहरूलाई निर्देशन दिएको हो ।

आज एक विज्ञप्तिमार्फत महानगरले शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राखेका कतिपय मागहरूप्रति आफूहरू संवेदनशील रहेको बताएको छ । तर, विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरू समेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा विद्यार्थीहरूको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन भएको महानगरको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस