राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रिभोजमा ओली र बालेन अनुपस्थित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रिभोजमा ओली र बालेन अनुपस्थित 


३ आश्विन २०८०, बुधबार


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको थियो । त्यसैगरी, मन्त्रीहरू, विदेशी राजदूतहरूलगायतको पनि सहभागिता थियो ।

त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् भने काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ पनि अनुपस्थित थिए ।

राष्ट्रपति कार्यालयका अनुसार उनीहरू सबैलाई आमन्त्रण भने गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस