२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलोचना भएपनि हामी अरूभन्दा फरक हौँ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना पार्टीलाई झैँ आफ्नो दललाई पनि आलोचना गर्न थालिएको बताएका छन्।

उनले परम्परागत राजनीतिक शक्तिलाई झैँ हेर्न थालिएको भन्दै रास्वपा अरू पार्टीभन्दा फरक भएको बताएका छन्।

पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजका लागि सुझाव सङ्कलन गर्न रोल्पाको थवाङ पुगेका सभापति लामिछानेले फेसबुक लाइभमार्फत फरक देखाएका हुन्।

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सन गरेर नेता छान्ने विधि अघि सारेको बताए। रास्वपाले अहिले वडा तहमा सङ्गठन विस्तार गरिरहेको छ। मंसिरदेखि महाधिवेशन प्रक्रिया पनि सुरु गर्नेछ। यी सबैमा प्राइमरी इलेक्सनमार्फत् नेतृत्व चयन गर्ने विधि अपनाउने लामिछानेले बताए। उनले यसरी नेता छान्ने र चुन्ने विधि अरू पार्टीमा नभएको दाबी गरे।

यस्तै पार्टीले परिवारवादलाई पार्टीमा निषेध गरेको पनि बताए।

‘अरू पार्टीमा परिवारका सदस्य सबै पार्टीमा हुन्छन्। जिम्मेवारीमा हुन्छन्। हामीले परिवारका सदस्यलाई पार्टीको जिम्मेवारीमा नरहने व्यवस्था गरेका छौँ,’ उनले भने।

लामिछानेले देखाएको तेस्रो फरक दुई कार्यकालभन्दा बढी एउटै कमिटीमा बस्न नपाइने नीति रास्वपाको नीति हो। अरू पार्टीमा आजीवन पदमा बस्ने प्रवृत्ति रहेको भन्दै रास्वपामा यसभन्दा भिन्न रहेको लामिछानेको दाबी छ।

उनले अरू दलले जस्तो आफ्नो पार्टीले भ्रातृ सङ्गठन पनि नबाउने बताए।

पार्टीमा परिवारवाद, आफन्तवाद, कार्यकर्तावाद, भ्रातृ सङ्गठनवादले लाभमात्र होइन पहुँचलाई पनि नागरिक तहसम्म पुग्नबाट रोकेको उनले बताए। यसका कारण परिवारवाद, आफन्तवाद, कार्यकर्तावादका अतिरिक्त भ्रातृ सङ्गठन बनाउन पनि निषेध गरेको उनको भनाइ छ।

‘हाम्रो पार्टीमा कोही कार्यकर्ता हुँदैनन्, सदस्यमात्रै हुन्छन्,’ उनले भने। उनले पार्टीलाई खुला, पहुँचयुक्त बनाउने पनि बताए।

प्रतिक्रिया दिनुहोस