लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन दलहरू गम्भीर हुनुपर्छ : मुख्यमन्त्री कार्की « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन दलहरू गम्भीर हुनुपर्छ : मुख्यमन्त्री कार्की


३ आश्विन २०८०, बुधबार


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरू गम्भीर भएर सोच्नु पर्ने बताएका छन् ।

कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘ संविधान दिवस–२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनु पर्ने बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै यसप्रति दलहरू सचेत हुन आग्रह समेत गरे ।

उनले प्रदेशमा राजनीति स्थिरता कायम राख्नका लागि सरकार निर्माणमा सहमति कायम गर्न दलहरुलाई आव्हान गरेका छन् ।

त्यस्तै वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले संविधानको कार्यान्वयन, अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस