राजनीतिक दलहरूले देशप्रति गम्भीर भएर सोच्नुपर्ने अवस्था आयो : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजनीतिक दलहरूले देशप्रति गम्भीर भएर सोच्नुपर्ने अवस्था आयो : ओली


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताएन हुन् ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको उल्लेख गरे ।

ओलीले भने, ‘आज देश जहाँ पुगेको छ, यति बेला सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । सबै पार्टी, सबै पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराहरूबाट हामी जेलिदैछौँ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो यो ।

प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन् । धेरै ठूलो हिसाब गर्न नसकिने क्षति बेहोरेर यो ठाउँमा आइपुगेका छौँ । यी आजका उपलब्धिहरू यत्तिकै आकाशबाट आएका होइनन् । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस