अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२ आश्विन २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दिपरन्जन यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।

सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले अमिन यादवलाई २०८० भाद्र ६ गते नियन्त्रणमा लिएको थियो ।

यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग दश हजार घुस/रिसवत लिएको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दश हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस