पर्यटन विभागको महानिर्देशकमा चक्र बुढा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्यटन विभागको महानिर्देशकमा चक्र बुढा


१ आश्विन २०८०, सोमबार


काठमाडौँ। पर्यटन विभागको महानिर्देशकमा सहसचिव चक्रबहादुर बुढा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री स्तरीय निर्णय गर्दै पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख बुढालाई विभागीय महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

विभागका तत्कालीन महानिर्देशक होमप्रसाद लुइँटेलको सरुवा भएसँगै रिक्त महानिर्देशकमा बुढालाई पठाइको हो । निकै छोटो अवधि भन्सार विभागको महानिर्देशक बनेका बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए ।

क्यासिनोलगायत हेर्ने भएकोले पनि विभाग जान जो कोही प्रतिस्पर्धामा रहने गरेका छन् । बुढा विभाग जाने विषयमा क्यासिनो व्यवसायी वृत्तमा चर्चा चलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस