सुन प्रकरणमा आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुन प्रकरणमा आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी


३१ भाद्र २०८०, आइतबार


ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । ६० किलो सुन प्रकरणको मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन्। सिआइबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ।

अहिले पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्।

चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सु राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस