ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


३० भाद्र २०८०, शनिबार


काठमाडौँ । सिन्धुपाल्चोकमा पेट्रोल बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो सवा १ बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले बा प्र. ०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटना हुँदा मोटरसाइकल चालक पाँच पोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र पछाडि सवार मेलम्ची नगरपालिका जरायोटार पाण्डे गाउँ बस्ने २७ वर्षीय निविन पाण्डेको मृत्यु भएको हो। दुर्घटना भएपछि उनीहरू गम्भीर घाइते थिए। उपचारका लागि उद्धार गरी धुलिखेल अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा उनीहरूको दिउँसो ३ बजे मृत्यु भएको कार्यालयले जनाएको छ। ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २८ वर्षीय भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस