काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवमा हरि पराजुली थपिएका छन्।
केन्द्रीय कमिटीको कार्यादेशअनुसार सचिवालय बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीको सचिवमा राजेन्द्र राई, रामकुमारी झाँक्री, नागेन्द्र चौधरी, गरिमा शाह छन्।
सचिवमा थपिएका पराजुलीलाई एकीकृत समाजवादीले लुम्बिनी प्रदेशको इन्चार्जसमेत तोकेको छ।
पराजुली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पालामा कृषिमन्त्री थिए। २०७२ असार १५ गते काठमाडौँको मूलपानीमा रोपाइँ कार्यक्रम मनाउने क्रममा अशिष्ट व्यवहार गरेको भन्दै विवादमा आएपछि पदबाट राजीनामा दिएका थिए।