श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । एसिया कप-२०२३ को सुपर फोरमा श्रीलंकाविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।

टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङको निर्णय गर्दै श्रीलङ्कालाई फिल्डिङको निम्तो दिएका हुन् । वर्षाका कारण ढिलो गरी सुरु भएको खेलको निर्धारित ओभर ४५ ओभरमा घटाइएको छ ।

प्रतियोगिताको फाइनलमा प्रवेशका लागि पाकिस्तानलाई आज जित्नैपर्ने दबाब छ । यसअघि पहिलो खेलमा बङ्गलादेशलाई सात विकेटले हराएको पाकिस्तानले भारतसँग भने २२८ रनको हार बेहोरेको थियो ।

यता, श्रीलङ्का भने खेल रद्द भए पनि नेट रनरेटका आधारमा प्रतियोगिताको फाइनल पुग्ने छ । सुपर फोरको पहिलो खेलमा बङ्गलादेशलाई २१ रनले हराएको श्रीलङ्का दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस