हेटौँडामा डाक्टर कुट्ने ४ जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हेटौँडामा डाक्टर कुट्ने ४ जना पक्राउ


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । हेटौँडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार हेटौँडा-१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि बिरामी हेरिरहेकै समयमा साङ्घातिक आक्रमण भएको थियो ।

एक महिनाअघि डेंगी सङ्क्रमित हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस