माओवादी नेता पुनद्वारा सरुदेवी साउदको निधनमा शोक व्यक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादी नेता पुनद्वारा सरुदेवी साउदको निधनमा शोक व्यक्त


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज ओम प्रकाश पुनले जिल्ला संयोजक रवीन्द्र साउदकी आमा सरुदेवी साउदको निधनले स्तब्ध भएको बताएका छन् ।

आज बिहान एक विज्ञप्ति मार्फत उनले नेकपा माओवादी केन्द्रका अछाम जिल्ला संयोजक साउदकी आमाको निधनले स्तब्ध भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अछामका जिल्ला संयोजक कमरेड रवीन्द्र साउदको आमा सरुदेवी साउदको ९८ वर्षको उमेरमा आज राति भएको निधनले हामी र हाम्रो पार्टीलाई निकै दुखित बनाएको छ । जनयुद्धको आधार क्षेत्र रामारोशन गाउँ पालिका वडा नम्बर-६ भाटाकाटिया परिवन निवासी मृतक आमाले जनयुद्धकालमा गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ भने शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

गए राति साउदकी आमा सरुदेवी साउदको ९८ वर्षको उमेरमा निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस