नेपालको अर्थतन्त्र सुधार हुँदैछ : अर्थमन्त्री « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : अर्थमन्त्री


२६ भाद्र २०८०, मंगलबार


भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका हुन् ।

उनले भने, ‘नियम निकायले सानु सानु कुरामा हस्तक्षेप गर्नु भएन । घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ । निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौँ । सबै तिरबाट सुधार हुँदैछ ।’

नेपाल राष्ट्र बैंकले सानु सानु कुरामा हस्तक्षेप गरेको समेत अर्थमन्त्रीले बताए ।

नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले अटोलाई विलासीको वस्तुको रूपमा हेरेकोले समस्या भएको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा समस्या आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस