मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० बजे बैठक डाकेका छन् ।

आज बस्न लागेको बैठक नियमित भए पनि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिनका लागि बिहानै बोलाइएको बुझिएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो ।

सम्बन्धित समाचार : नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी

सम्बन्धित समाचार : सुवास नेम्वाङको निधन

राष्ट्रिय सम्मान दिने निर्णय भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ । अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका व्यक्तिबाहेक अन्यको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस