भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको छ : गृहमन्त्री « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको छ : गृहमन्त्री


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

ज्यापु समाज यलको ३०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई जनताले समर्थन गरेको बताए । तर, यसलाई असफल पार्न विभिन्न हत्कण्डा देखा पर्न थालेको बताउँदै उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, यसले विराम लिओस् । फेरि तैचुप मैचुप होस् भनेर नयाँ षड्यन्त्र देखा पर्न थालेका छन् ।’

तर यस्ता षड्यन्त्रहरूलाई असफल बनाएर छाड्ने उनले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले भने, ‘म कबुल गर्न चाहन्छु, सुशासनको अभियान जारी राख्छौँ । सारा षड्यन्त्रलाई असफल बनाएर अगाडि बढ्ने छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस