सुन प्रकरणमा सीआईबीले लियो विध ल्याबका सञ्चालक भण्डारीसँग बयान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन प्रकरणमा सीआईबीले लियो विध ल्याबका सञ्चालक भण्डारीसँग बयान 


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो । सीआईबी स्रोतका अनुसार भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको हो । भण्डारीसँग बयान लिने क्रम अहिले पनि चलिरहेको सीआईबी स्रोतले जनाएको छ । 

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान गरेको भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो । सीआईबीले शनिबार साँझ नै बोलाएको थियो । तर, भण्डारी आइतबार बिहान साढे ९ बजे मात्रै सीआईबीमा उपस्थित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस