स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गरिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गरिने


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने भएको छ ।

गत शुक्रबार नै अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ । आजदेखि स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गर्ने तयारी गरेको हो ।

असार मसान्तमा स्थानीय तहको सञ्चितको कोषमा करिब एक खर्ब १० अर्ब रहेको थियो । जसको ६० प्रतिशत करिब ६६ अर्ब हुन्छ । यस आधारमा वाणिज्य बैंकहरुमा ६० अर्ब भन्दा बढीले निक्षेप बढ्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस