आजदेखि बीपी साहित्य महोत्सव सुरु हुँदै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

आजदेखि बीपी साहित्य महोत्सव सुरु हुँदै


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार (आज)देखि तीन दिने ‘बीपी साहित्य महोत्सव’ हुँदै छ ।

नेपाली काँग्रेसले बिपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो । सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

समितिका अनुसार महोत्सवमा प्रत्येक दिन चार वटा सेसन, एक की नोट स्पीच रहने छन् । साथै, तीन फरक-फरक दिन कविता, गजल र साङ्गीतिक साँझ हुने कार्यक्रम तालिका रहेको छ । पहिलो दिन उद्घाटनसहित बिपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।

दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।

यस्तै अन्तिम दिन तीन घुम्ती, बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र साङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस