मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् ।

भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् ।

शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

धेरै क्षति पनि पहाडी क्षेत्रका गाउँहरुमा भएको छ । खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

सम्बन्धित समाचार : मोरक्को भूकम्पमा ८ सय २० जनाको मृत्यु

सम्बन्धित समाचार : मोरक्को भूकम्पमा ६ सय ३२ जनाको मृत्यु

सम्बन्धित समाचार : मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस