काठमाडौँ । मोरक्कोमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।
त्यहाँको मिडियाका अनुसार, अहिलेसम्म ६ सय ३२ जनाको मृत्यु पुष्टि भएको छ भने ३ सय २९ जना घाइते अवस्थामा फेला परेका छन् । यीमध्ये ५१ जनाको अवस्था चिन्ताजनक रहेको मिडिया रिर्पोटले जानकारी दिएको छ ।
६.८ म्याग्निच्युडको भूकम्पसँगै भत्केका घरहरूमा अझै कैयौँ किचिएको हुनसक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसले ठूल्ठूला भवनहरू ढालेको छ । भग्नावशेषमा फसेकाहरूको उद्धारमा बिहानैदेखि टिमहरू खटेका छन् ।
अमेरिकाको भूवैज्ञानिक सर्वेक्षणअनुसार, यो १ सय २० वर्षमा उत्तरी अफ्रिकामा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् १९०० पछि उक्त क्षेत्रको ५ सय किलोमिटर क्षेत्रमा कुनै पनि एम५ लेभल वा योभन्दा ठूलो भूकम्प आएको थिएन ।
सम्बन्धित समाचार : मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु







