मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ । 

मोरक्कोको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको बीबीसीले जनाएको छ । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।

भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । माराकेसको पुरानो सहरका केही भवनहरू भत्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस