२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटमा विकासको ठूलो सम्भावना छः अर्थमन्त्री डा. महत

अ+ अ-

नुवाकोट। अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौँसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन्। 

नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले चीनसँग जोडिएको रसुवागढी धेरै टाढा नभएको र व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना रहेको बताए। 

‘अर्थमन्त्री महतले भने, ‘नुवाकोट खाद्यान्नमा आत्मनिर्भर छ। निर्यातका वस्तु धेरै छन्। कृषि उत्पादकत्व बढाउन यस पटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ। कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो। अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौँ। कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौँ।’

कृषि उत्पादन, फलफूल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना रहेको उनको भनाइ छ। ‘त्यसमा पनि महिला दिदी बहिनीहरुले अगुवा गर्नुपर्छ। महिला दिदी बहिनीहरूकै नाममा हामीले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेका छौँ। त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्छ’, उनले भने। 

बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवाकोटमा अवरुद्ध छ। ‘पहिला लगानी भएको थियो। बीचमा अवरुद्ध भयो। अहिले सुरु हुन थालेको छ। त्रिशुली–बालाजु सडकमा नेपाल सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको छ। गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेको छ। चाहे सूर्यगढी जाने बाटो होस् वा विभिन्न गाउँपालिका जाने बाटोमा बजेट परेको छ,’ अर्थमन्त्री महतले भने। 

ढिकुरे सिँचाइको निर्माण भइसकेपछि १२ महिना नै सिचाइँको सुनिश्चिता हुने उनले बताए।  त्यसलाई समयमै ठेक्का लगाएर कार्यान्वयन गर्नुका लागि उनले आग्रह गरे। विदुर नगरपालिकामा ढललगायत निकासको समस्या न्यूनीकरणका लागि ६५ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको जानकारी दिए। 

‘छहरे–टोखा सुरुङ मार्ग लामो समयदेखि चर्चामा रह्यो। यसलाई निर्णायक मोडमा पुर्याउनुपर्छ भनेर मैले एक अर्ब बजेट राखेको छु। यद्यपि यो ५० अर्ब लाग्ने आयोजना हो। अहिलेको प्रयासले पुग्दैन। प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदै छ। हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौँ।  त्यो भयो भने यसले पूर्णता पाउँछ। यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ,’ उनले भने।