श्रीलङ्काले बङ्गलादेशलाई दियो २ सय ५८ रनको लक्ष्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलङ्काले बङ्गलादेशलाई दियो २ सय ५८ रनको लक्ष्य


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलङ्काले बङ्गलादेशलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।

उसका लागि सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाए र कुलश मेन्डिसले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका तस्कीन अहमद र हसन महम्मदले तीन तीन विकेट लिए ।

सुपर फोरको पहिलो खेलमा बङ्गलादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस