साढे २० लाख रुपैयाँसहित जनकपुरबाट भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साढे २० लाख रुपैयाँसहित जनकपुरबाट भारतीय नागरिक पक्राउ


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । धनुषाको प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-४ बाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।

उनको साथबाट नेपाली १ हजार दरको नोट १ हजार ८५० र ५०० दरको नोट ४०० थान गरी कूल २० लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

शङ्का लागि साहको शरीर र उनले बोकेको झोलासमेतको खानतलासी गर्दा उक्त रकम बरामद भएको र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस