अधिकृतस्तरका ३१० दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अधिकृतस्तरका ३१० दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय 


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले अधिकृतस्तरका ३१० अस्थायी दरबन्दी सवीकृती गर्ने सरकारको निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।  

मन्त्री शर्माका अनुसार खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरूमा आर्थिक वर्ष २०८०-८१ का लागि अधिकृतस्तरका दुई सय ३९, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका आयोजनाहरूका लागि १०, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका आयोजनाका लागि ३१ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० अस्थायी दरबन्दी सवीकृती गर्ने निर्णय सरकारले गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस