व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादीको नेतृत्वमा मात्रै सम्भव : गृहमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादीको नेतृत्वमा मात्रै सम्भव : गृहमन्त्री


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् ।

ललितपुर महानगरपालिका २८ र २९ पार्टी वडा समितिले आयोजना गरेका भेलालाई सम्बोधन गर्दै अरु पार्टीभन्दा देशलाई सफल बनाउन माओवादीले भूमिका खेलेको दाबी गरेका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी अरूभन्दा राम्रो छ । परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो । प्रतिगमनलाई असफल पार्न पनि हाम्रो पार्टीले नै सङ्घर्ष गरेको हो । देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो । अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौँ ।’

ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको भन्दै उनले माओवादीकै पहलमा व्यवस्था जोगाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस