काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ।
सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले प्रदेश सभाबाट मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गरेको हो। मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाध्यक्षले पनि मत दिएका थिए।
संविधानअनुसार, सभाध्यक्षले मत दिन नपाउने सर्वोच्चको ठहर छ। प्रस्तावको पक्ष र विपक्षमा बराबर मत भएकोपछि मात्रै सभाध्यक्षले मत दिन पाउने संवैधानिक व्यवस्था छ।