यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काँग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि उनले सो घटना र कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले भने, ‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’

बैठकमा सांसदहरुले ती दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस