प्रतिनिधि सभा बैठक : विश्वविद्यालयमा तालाबन्दी संस्कृति अन्त्य गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधि सभा बैठक : विश्वविद्यालयमा तालाबन्दी संस्कृति अन्त्य गर्न माग


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ ।  प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालाबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल् पुगेको टिप्पणी गरेका छन् । 

 बैठकको शून्य समयमा नेकपा (एमाले)का विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गरीन् ।  नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले कानुनी अन्योलका कारण  देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गरे ।

सोही पार्टीका काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिई कोशी कटानको नियन्त्रणका दिगो समाधानका उपाय खोज्न आग्रह गरे ।

जनमत पार्टीकी विनिताकुमारी सिंहले तराई-मधेसका विद्यालयमा पर्याप्त शिक्षक पूर्वाधार नहुँदा गुणस्तरीय शिक्षा हासिल हुन नसकेकामा ध्यानाकर्षण गराइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्न आग्रह गरीन् ।  

सोही पार्टीका शिशिर खनालले नेपालका राजनीतिक नक्साबारे विदेशी मुलुकलाई कूटनीतिक माध्यमबाट जानकारी दिनुपर्छ भने ।

बैठकमा काँग्रेसका सीताकुमारी राना, सुशीला श्रेष्ठ, सन्तोष चालिसे, सरस्वती बजिमय,  नेपका (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, एमालेका सरिता भुसाल र शान्ति चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस