२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरमा भोलि शोक बिदा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ ।

काठमाडौँ महानगरपालिका-१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।  

आज वडाध्यक्षजी बित्नुभएको हुँदा भोलि शोक बिदा दिइएको छ, प्रवक्ता मानन्धरले भने।वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पताल लगिएको थियो। 

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया ९भाइरल निमोनिया० देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो। 

उपचारका क्रममा आज बिहान ७स्३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। रिजाललाई डेंगीसमेत लागेको थियो। उनी काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए।

रिजाल २०२७ सालमा जन्मेका थिए। उनी २०४६ को जनआन्दोलमा प्रहरी हिरासतमा रहेका थिए। सरस्वती क्याम्पसमा पढ्दा नेविसंघमा आवद्ध भएर उनले राजनीतिमा प्रवेश गरेका थिए। रिजालले मानव अधिकारवादी सङ्घ संस्थामा रहेर पनि काम गरेका थिए। 

प्रतिक्रिया दिनुहोस