महेन्द्र यादवमाथिको आक्रमणको जिम्मा सरकारले लिनुपर्छ : महेश बर्तौला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महेन्द्र यादवमाथिको आक्रमणको जिम्मा सरकारले लिनुपर्छ : महेश बर्तौला


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको साङ्घातिक आक्रमणको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्।

प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निशाना लगाउन थालिएको उनले बताए।

‘नेपाली काँग्रेसका सहमहामन्त्रीमाथिको साङ्घातिक हमलाप्रति एमाले भर्त्सना गर्छ। यो घटनाको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ। जवाफ दिनुपर्छ। काठमाडौं मध्य भागमा यस प्रकारले सत्तापक्षको पार्टी केन्द्रका सहमहामन्त्री, संविधान सभाको सदस्य असुरक्षित हुने जुन प्रकारको जे परिस्थिति बन्यो, सरकारले गम्भीरताका साथ यसको जवाफ दिनुपर्छ,’ उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निशाना लगाउन थालिएको उनले बताए। 

‘हिजो प्रतिपक्षीलाई थियो, ध्यान कम दिइयो होला आज सत्तापक्षका सांसदमाथि पनि खोजीखोजी आक्रमण हुने, नेताहरूमाथि धारिलो हतियारले आक्रमण हुने, त्यसमा आउने टिप्पणी ठिक गरियो अपराधीहरूलाई प्रोत्साहित हुने गरी भइराखेको छ। यसमा निर्ममताका साथ अध्ययन गरियोस्,’ उनले भने।

उनले कान्ति बाल अस्पतालमा उपचारमा पालो नपाएर बालिकाको निधन भएको घटनामा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस