गृहमन्त्रीले राजीनामा दिन हुन्न : डा. दीक्षित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीले राजीनामा दिन हुन्न : डा. दीक्षित


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । राजनीति विश्लेषक डा. सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताएका छन् ।

आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताए ।

“गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउदैन । उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ”, दीक्षितले भने, “त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ तर अहिलेसम्म भ्रष्टाचार काण्डको अनुसन्धान हेर्दा भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै भइरहेको छ ।”

विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । उनले बालेनले आफ्नो पदीयता मर्यादा कायम राख्दै संयमित हुनुपर्नेमा जोड दिए । दीक्षितले मेयर पदमा बसेर सरकारप्रति अराजक शैलीमा टिप्पणी गर्न नहुने पनि बताए ।
रासस

Tags :
प्रतिक्रिया दिनुहोस