सीएनआई पदाधिकारी र चिनियाँ राजदूतबीच भेट, लगानी विस्तारमा जोड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सीएनआई पदाधिकारी र चिनियाँ राजदूतबीच भेट, लगानी विस्तारमा जोड


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारी टोलीले मङ्गलवार राजदूत सोङसँग भेट गरी लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारका लागि आग्रह गरेको हाे।

अध्यक्ष अग्रवालले चीन नेपालको महत्त्वपूर्ण साझेदार रहेको बताए। उनले भने, ‘चीन र नेपालबीच निकट सम्बन्ध छ। यसलाई व्यापारिकरूपमा पनि थप विस्तार गर्नुपर्‍यो।’ उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायत क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रहसमेत गरे। अग्रवालले नेपाली वस्तु चिनियाँ बजारमा पुर्‍याउन सहयोग गर्न पनि अनुरोध गरेका छन्।

चिनियाँ राजदूत सोङले नेपालसँग चीनले ऊर्जा, पर्यटनलगायत क्षेत्रमा सहकार्य गरिरहेको बताए। उनले दुई देशले थप रणनीति बनाएर दीर्घकालिन विकासका कार्यक्रममा पनि सहकार्य गर्नुपर्ने जोड दिए। राजदूत सोङले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस