सर्‍यो एमालेको मधेस प्रदेश अधिवेशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्‍यो एमालेको मधेस प्रदेश अधिवेशन


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ ।  नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ । 

आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो । 

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ । 

लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरु भए पनि निर्वाचनमार्फत नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस