निजामती सेवा विधेयक भोलिको क्याबिनेटबाट स्वीकृत गछौँ : प्रधानमन्त्री   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निजामती सेवा विधेयक भोलिको क्याबिनेटबाट स्वीकृत गछौँ : प्रधानमन्त्री  


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयक मङ्गलवारको क्याबिनेटले स्वीकृति प्रदान गर्ने बताएका छन्।

संसदमा दर्ता गर्नका लागि क्याबिनेटले स्वीकृति प्रदान गर्ने उनले बताए ।

सोमबार राष्ट्रिय सभामा सङ्घीयता कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानुनका विषयमा विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले मङ्गलवार सरकारले स्वीकृति प्रदान गरेर संसदमा दर्ता गर्ने जानकारी दिएका हुन्।

उनले भने, ‘संघीय निजामती विधेयक भोलिको मन्त्रिपरिषदबाट पारित गरेर सदनमा पेश गर्ने तयारी गरिरहेका छौँ। ढिलो भयो, अब थप ढिलो गर्नु हुँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस