यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीको चुनौती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीको चुनौती


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्सले कहाँ कहिले नेपाल ट्रस्टको जग्गा लिजमा लिएको हो भन्ने कुरा चाँडो छानबिन गर्न सरकारलाई फेरि चुनौती दिएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष ओलीले यतीले कुन जग्गा कसको पालामा लिएको थियो भन्ने विवरणसमेत खुलाउँदै चाँडो छानबिन गर्न चुनौती दिएका हुन् ।

ओलीका अनुसार गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको बताए । त्यस्तै दरवारमार्गको जग्गा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको र छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा लिज सम्झौता भएको समेत ओलीले बताए ।

ओलीले राष्ट्रिय पुँजीपति र व्यवसायीमाथि सरकारले धावा बोल्न थालेको भन्दै तस्करीमा संलग्न सरकारले गरिब नेपालीले गरिखाएको देख्न नसकेको आरोपसमेत लगाए । यती होल्डिङ्स सोलुखुम्बुका ल्हाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा दाजुभाइले स्थापना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस