कोशी सरकार विरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी सरकार विरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा यो रिटको पेशी तोकिएको थियो।

तर, न्यायाधीश खतिवडाले रिटको पहिलो सुनुवाइमै आफूले अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ने बताएपछि मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस