चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ ।  काठमाडौँको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्।

आइतबार बिहान साढे ७ बजे काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।

त्यसपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो।

दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको खबर पाएपछि प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक श्यामकुमार कटवालसहित ११ जनाको टोली खटिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस