२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साताको सेयर बजारः नेप्से परिसूचकको ओरालो यात्रा जारी

अ+ अ-

काठमाडौँ । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ। कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको छ। साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ पुगेको बजारमा रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो। यस दिन कुल दुई सय ८० कम्पनीका ३८ लाख ९५ हजार दुई सय ३६ इकाई सेयर कारोबार भएका थिए।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक पाँच दशमलव ०९ ले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ पुगेको बजारमा रु ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ मूल्य बराबराको कारोबार भएको थियो। यस दिन कुल दुई सय ७९ कम्पनीका ३७ लाख ७९ हजार सात सय ३१ कित्ता सेयर कारोबार भएका थिए।

कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो। मङ्गलबार नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको थियो। यस दिन दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर २९ हजार छ सय ४० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिन पुगेको थियो।

त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ। कुल दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर ३२ हजार दुई सय ९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु एक अर्ब १३ करोड आठ हजार ४१ पुगेको थियो। यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस