सार्वजनिक बिदामा पठनपाठन गरेको भन्दै महानगरले दियो कारबाही गर्ने चेतावनी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सार्वजनिक बिदामा पठनपाठन गरेको भन्दै महानगरले दियो कारबाही गर्ने चेतावनी


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफूले दिएको सार्वजनिक बिदा कार्यान्वयन नगरेप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महानगरले गएको बुधबार एक सूचना निकालेर आज सार्वजनिक बिदा दिएको थियो । तर, आज केही विद्यालयले महानगरको निर्णयको उल्लङ्घन गर्दै पठनपाठन गरेको गुनासो आएको महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महानगरले आगामी दिनमा स्थानीय सरकारले गरेको निर्णय अनिवार्य पालना नगरे कारबाही हुने चेतावनी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस