२५ लाख मतदातासँग भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने माओवादी अभियानको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२५ लाख मतदातासँग भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने माओवादी अभियानको लक्ष्य


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने तीन महिने अभियानमार्फत कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य बनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने जनतासँग माओवादी अभियानअन्तर्गत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने लक्ष्य लिएको बताए । अभियानको क्रममा माओवादीका नेता कार्यकर्ता जनताको कुरा सुन्न प्रत्येक घर-घरमा जाने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस