डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु  « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु 


१४ भाद्र २०८०, बिहिबार


डोटी । डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ अगिडाकी १४ वर्षिया निर्मला विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार घर नजिकैको भिरमा घाँस काट्ने क्रममा खसेकी विकको घटनास्थलमै मृत्यु भएको वडा सदस्य रमेश खडायतले जानकारी दिए । मृतक बिक गिरिचौका माविमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस