कर्णाली प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले कर्णाली प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका शीर्ष नेताहरूको उपस्थितिमा प्रदेशस्तरीय मोर्चा घोषणा गरिएको हो।

मोर्चाको कर्णाली प्रदेश संयोजकमा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन भएकी छन् भने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी र दिनेश चँदारा मोर्चाको सदस्य छन्।

एकीकृत समाजवादीबाट संघीय भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, संघीय सांसद अमर थापा र ठकेन्द्र पुरी छन् भने विप्लव नेतृत्वको नेकपाबाट विराट, पौरख र सभ्यता सदस्य छन्।

जसपाबाट देवीराज न्यौपाने, गगन सारू र सन्तोषी विक मोर्चाको सदस्य बनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस