निजीकरण समितिमा माओवादीका सापकोटा र काँग्रेसका केसी मनोनीत  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निजीकरण समितिमा माओवादीका सापकोटा र काँग्रेसका केसी मनोनीत 


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । निजीकरण समितिको सदस्यमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा र नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसी मनोनीत भएका छन् । 

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरू दुवैजना सांसदलाई निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधिसभा सदस्य रहेका उनीहरूलाई मनोनीत गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको निजीकरण गर्ने कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न अर्थमन्त्री डा।प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समिति रहेको छ । समितिको दुईजना सदस्य सरकारले मनोनीत गर्न पाउने निजीकरण ऐन, २०५१ मा व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस