काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि बढेको छ ।
आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ८५ रुपैयाँमा पुगेको छ । यो मूल्य हिजोको भन्दा २० रुपैयाँले महँगो हो ।