नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको छ ।

मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई  नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस