प्रधानमन्त्रीको दाबी : ‘सरकार फेल खाँदैन, सफल हुन्छ’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको दाबी : ‘सरकार फेल खाँदैन, सफल हुन्छ’


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन् । उनले सरकार सफल हुने पनि दाबी गरे ।

‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढङ्गले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री दाहालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस