सार्वजनिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सार्वजनिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका


११ भाद्र २०८०, सोमबार


कटारी (उदयपुर) । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागी सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ ।

सो सार्वजनिक यातायातले पालिकाको सबै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरूलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने छ । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए । ‘पहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौँ । ‘ गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको ।

अध्यक्ष विश्वकर्माले कृषि एम्बुलेन्सले कृषकहरूद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्‍याइदिने गरेको बताए । गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस