उत्तर कोरियाली नागरिकका लागि सीमा खुला : केसीएनए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उत्तर कोरियाली नागरिकका लागि सीमा खुला : केसीएनए


११ भाद्र २०८०, सोमबार


सियोल । महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ ।

महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका अन्य मुलुकहरूले यस पहिले नै सहज बनाइसकेका छन् ।

“विदेशमा रहेका नागरिकलाई स्वदेश छिर्न सहज बनाउने यो एक प्रमुख कदम हो,” अधिकारीलाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले आइतबार जनाएको छ ।

राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले शनिबार एक घोषणा जारी गर्दै विश्वव्यापी महामारीको अवस्थालाई ध्यानमा राख्दै विदेशमा रहेका उत्तर कोरियाली नागरिकहरूलाई ‘घर फर्कन अनुमति दिइएको’ बताएको छ ।

स्वदेश फर्केकालाई एक सातासम्म क्वारेन्टिनमा राखेर उचित चिकित्सकीय निगरानीमा राखिनेछ । सन् २०२० को सुरुमा कोभिड–१९ महामारी सुरु भएयता सीमा नियन्त्रणलाई कडाइका साथ लागू गर्ने पहिलो मुलुकमध्ये उत्तर कोरिया पनि एक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस